
काठमाडौँ- राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले सामूहिक राजीनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको छ।
देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको सामूहिक राजीनामा दिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
राप्रपाले आन्दोलनरत जेन जी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न अपील गरेको छ।
प्रकाशित: २४ भदौ २०८२ १५:०७
प्रतिक्रिया