
भक्तपुर- देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै शिक्षक सेवा आयोगले माध्यमिक तहको स्थायी शिक्षक पदपूर्तिका लागि तय गरिएको अन्तर्वार्ता कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।
आयोगले आज सूचना जारी गर्दै भदौ २६ देखि असोज १ गतेसम्म सञ्चालन हुने भनिएको अन्तर्वार्ता अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।
देशमा जारी जेनजी आन्दोलन र त्यससँग जोडिएका सुरक्षा तथा प्रशासनिक चुनौतीका कारण आयोगले यस्तो निर्णय गर्नुपरेको बताएको छ।
यसअघि आयोगले साउन १९ देखि २३ गतेसम्मको सूचनामार्फत माध्यमिक तहका शिक्षक पदहरूका लागि अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूको सूची प्रकाशित गर्दै अन्तर्वार्ता तालिका तय गरेको थियो।
प्रकाशित: २४ भदौ २०८२ ११:००
प्रतिक्रिया