 उषाकिरण तिम्सिना
                             उषाकिरण तिम्सिना
                                            काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन्।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा सरकारले व्यापक दमन गरेर १९ जनाको मृत्यु भएपछि नैतिकताका आधारमा पनि प्रधानमन्त्री पदमा बस्न नमिल्ने उनले बताएकी हुन्।
‘गृहमन्त्रीले मात्र राजीनामा दिएर हुन्न, प्रधानमन्त्रीले पनि राजीनामा दिनु पर्छ,’ केन्द्रीय सदस्य तिम्सेनाले सामाजिक सञ्जाल फेसबुकमा भनिन्।
गृहमन्त्री रमेश लेखकले सोमबारको मन्त्रिपरिषद् बैठकमा पदबाट राजीनामा दिएका छन्। सोमबारको घटनापछि एमालेका विभिन्न नेताहरूले पार्टी परित्यागसमेत गरेका छन्।
                            प्रकाशित: २४ भदौ  २०८२ ७:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 