 
                             
                                            बुटवल- जेनजी पुस्ताले भ्रष्टाचार र कुशासनविरुद्ध संघीय राजधानी काठमाडौँसहित देशका प्रमुख सहरमा प्रदर्शन गरेको छ। उनीहरू बुटवल, बिर्तामोड, पोखरालगायतका सहरहरूमा प्रदर्शन गरेका हुन्।
बुटवलमा पनि राजनीतिक दलका नेता तथा उनका सन्तानको विलासी जीवनबारे प्रश्न उठाउँदै टिकटकमा ट्रेन्ड चलाएका उनीहरू सोमबार सडकमा उत्रिएका छन् ।
नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध पनि उनीहरूले सडकमा नारा लगाएका छन्। टिकटकमा उनीहरूले नेपो किडु नामक ट्रेन्ड नै चलाएका छन्।
 
  
  
  
 
                            प्रकाशित: २३ भदौ  २०८२ १३:४४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    

 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 