‘मैझारो’ कात्तिक ७ मा प्रदर्शन, दुई पोस्टर सार्वजनिक

हिमाल प्रेस २० भदौ २०८२ १३:१३
8
SHARES
‘मैझारो’ कात्तिक ७ मा प्रदर्शन, दुई पोस्टर सार्वजनिक

काठमाडौँ- फिल्म ‘मैझारो’ को दुई पोस्टर सार्वजनिक भएको छ।

सार्वजनिक पहिलो पोस्टरमा मुख्य कलाकार धीरज मगर, मिरुना मगर र दिया पुन देखिएका छन्। धीरज र मिरुना राई समुदायको पहिरनमा ढोलसहितको दृश्य दिएका छन् भने दिया पुन लिम्बू समुदायको ढाका साडीमा प्रस्तुत भएकी छन्। पोस्टरले फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको संकेत गर्छ।

दोस्रो मा धीरज र मिरुना प्रेमिल भावसहित फलैचामा बसेका छन्। धीरजले बञ्चरो समातेका छन् भने मिरुना कुर्ता र सुरुवालमा धीरजलाई हेरिरहेका छन्।

विल्सन विक्रम राईको कथा तथा निर्देशनमा बनेको फिल्ममा पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानव सम्बन्धलाई उजागर गर्ने प्रयास गरिएको छ। विल्सनको यो डेब्यु फिल्म हो।

फिल्ममा धीरज, मिरुना र दियासँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, मावत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय छ। फिल्म आगामी कात्तिक ७ बाट प्रदर्शन हुनेछ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। मित्र डी गुरुङको सम्पादन राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहनेछ।

प्रकाशित: २० भदौ २०८२ १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast