शिक्षा विधेयक विद्यार्थीमैत्री बनाउन विद्यार्थी संगठनहरूले बुझाए राष्ट्रपति पौडेललाई ज्ञापनपत्र

हिमाल प्रेस १८ भदौ २०८२ १७:५२
56
SHARES
शिक्षा विधेयक विद्यार्थीमैत्री बनाउन  विद्यार्थी संगठनहरूले बुझाए राष्ट्रपति पौडेललाई ज्ञापनपत्र

काठमाडौँ- विद्यालय शिक्षा विधेयक विद्यार्थीमैत्री बनाउन विभिन्न विद्यार्थी संगठनका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन्। राजनीतिक दल निकट विद्यार्थी संगठनका प्रतिनिधिहरूले संयुक्त रूपमा बुधबार शीतल निवासमा राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाएका हुन्। सो क्रममा उनीहरूले हालको विद्यालय शिक्षा विधेयक विद्यार्थीभन्दा बढी शिक्षकमैत्री बनेको राष्ट्रपतिलाई सुनाए।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाका अनुसार राष्ट्रपतिसँग विद्यार्थीको हितमा शिक्षा ऐन जारी गर्न अनुरोध गरिएको छ। शिक्षा विधेयक हाल प्रतिनिधिसभा विचाराधीन छ।

विद्यार्थी संगठनहरूले यसअघि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई ज्ञापनपत्र बुझाएका थिए।

विद्यार्थी संगठनहरूले शैक्षिक निजीकरण र व्यापारीकरणलाई थप संस्थागत गर्ने, सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने र युवाको विदेश पलायनलाई प्रोत्साहन गर्नेगरी विधेयक आएको भन्दै संघर्षका कार्यक्रमहरू गरेका छन्।

उक्त कार्यक्रमअन्तर्गत राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री, प्रमुख सचेतक बर्तौलालाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। अब प्रतिनिधिसभा सभामुख, राष्ट्रियसभा अध्यक्ष र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी उनीहरूको छ।

शिक्षा विधेयकमा असन्तुष्ट शिक्षाविद्हरू राष्ट्रपति निवासमा  :  शिक्षकका समस्या दीर्घकालीन समाधान गर्न आग्रह


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast