मोटरसाइकल दुर्घटनामा हराएका दुई युवकको शव भेटियो

हिमाल प्रेस १७ भदौ २०८२ ११:५३
4
SHARES
मोटरसाइकल दुर्घटनामा हराएका दुई युवकको शव भेटियो प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना भई हराएका दुईजनाको शव फेला परेको छ। मृत्यु हुनेमा २४ वर्षीय सुदीप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ छन्। फेला परेको एउटा शव ‘रोप रेस्क्यु’ विधिबाट निकाल्ने कार्य भइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

अर्को शव सोही खोलामा स्थानीयले देखेको जानकारी प्राप्त भएको बलले जनाएको छ। भदौ १५ गते गोसाइँकुण्ड गाउँपालिका-६ ठाडे घले र तामाङ एएए-३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएकोमा सम्पर्कमा नआएपछि आफन्तले खोजीकार्यका लागि १७ गते जिल्ला प्रहरी कार्यालय रसुवामा निवेदन दिएका थिए। निवेदन प्राप्त भएपछि नेपाली सेना श्रीनाथ गण धुन्चेस्थित चेकप्वाइन्टमा जडान भएको सीसीटीभी फुटेजमा सोही राति करिब १० बजेको समयमा धुन्चेबाट ठाडेतर्फ मोटरसाइकलमा गएको देखिएको थियो।

सीसीटीभी फुटेजकै आधारमा उनीहरूको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नं २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहवीर नगालको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलसहितको संयुक्त टोली परिचालन भएको छ। घटनाको प्रकृति हेर्दा मोटरसाइकल सडकबाट करिब २ सय ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ भदौ २०८२ ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast