नुवाकोट : पहिरोले एक विद्यालय र तीन घरमा क्षति, पाँच घर जोखिममा

हिमाल प्रेस १६ भदौ २०८२ १८:३९
14
SHARES
नुवाकोट : पहिरोले एक विद्यालय र तीन घरमा क्षति, पाँच घर जोखिममा प्रतिनिधिमूलक तस्बिर।

त्रिशूली (नुवाकोट)- लगातारको वर्षाका कारण नुवाकोटको दुप्चेश्वर गाउँपालिका-३, सरमथलीमा पहिरोले एक विद्यालयसहित तीन घरमा क्षति पुगेको छ। पाँच घर उच्च जोखिममा छन्। पहिरोले सरमथलीस्थित भगवान आधारभूत विद्यालयको चारवटा कोठामा क्षति पुर्‍याएको छ।

त्यसै गरी स्थानीय गोकर्ण थापा, कुमार थापा र निर्मलजंग थापाको घरमा क्षति पुर्‍याएको वडा नं ३ का वडाध्यक्ष ध्रुवकर केसीले जानकारी दिए। उनका अनुसार क्षति भएका घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास थालिएको छ। बाँकी जोखिममा रहेका घरधुरीलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

आइतबार रातिदेखि बगेको पहिरोले सरमथली–हुङ्ग सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोले सडक बगाएकाले सवारीसाधन सञ्चालन हुन नसकेको र पैदल यात्रु आउजाउ गर्न समेत कठिनाइ भएको छ।

आज (सोमबार) नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै जोखिममा रहेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूको गाँस–बाँसको व्यवस्था गर्न सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: १६ भदौ २०८२ १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast