 प्रतिनिधिमूलक तस्बिर।
                             प्रतिनिधिमूलक तस्बिर। 
                                            रुकुम पश्चिम- जिल्लाको मुसीकोट नगरपालिका-१ छिङमा पहिरोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ।
आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए।
उनसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन्। हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फेला पारेको वडाध्यक्ष चन्दले बताए।
उनका अनुसार मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो।
                            प्रकाशित: १५ भदौ  २०८२ १६:४० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 