काठमाडौँ- लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ। शनिबार उपचारका क्रममा काठमाडौँको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको निधन भएको पार्टीले जनाएको छ।
रुकुम पूर्वको तकसेराकी पुनलाई स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ ल्याइएको थियो। अस्पतालमा शल्यक्रियापछि छोरीलाई जन्म दिएकी उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो।
पुन नेकपा एमालेबाट समानुपातिक प्रणालीमार्फत लुम्बिनी प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।
प्रकाशित: १५ भदौ २०८२ ७:१७ | Sunday, August 31, 2025
प्रतिक्रिया





