भदौ २५ देखि सडक आन्दोलनमा उखु किसान

हिमाल प्रेस १४ भदौ २०८२ १४:०९ | Saturday, August 30, 2025
भदौ २५ देखि सडक आन्दोलनमा उखु किसान

काठमाडौँ- उखु किसानले भदौ २५ देखि राजमार्ग अवरुद्ध गर्ने भएका छन्। शनिबार उखु उत्पादक महासंघ र उखु उत्पादन हुने जिल्ला संघहरूको बैठकले अनिश्चितकालीन रूपमा राजमार्ग बन्द गर्ने निर्णय गरेको हो।

‘संयुक्त बैठकबाट माग सम्बोधन गराउनका लागि थप निर्णायक आन्दोलन अपरिहार्य रहेकोले सशक्त आन्दोलनका लागि सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा २५ गते बुधबारबाट अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय भएकाले सो परिस्थितिमा उत्पन्न हुने प्रतिकूल वातावरणको जिम्मेवार नेपाल सरकार, अर्थ मन्त्रालय र सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् हुने जानकारी सबैमा अनुरोध छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १४ भदौ २०८२ १४:०९ | Saturday, August 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast