
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अंकले गिरावट भएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १० अंकले ओरालो लागेर दुई हजार ७८१ मा सीमित भएको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ७४ अंकले ओरालो लागेर ४७७ दशमलव ६८ मा सीमित भएको छ। आज कूल एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर आठ अर्ब नौ करोड ५६ लाख १० हजार ४४५ मूल्यमा खरिदबिक्री भएको छ।
आजको कारोबारपछि शेयर बजारको कूल पुँजीकरण ४६ खर्ब ४७ अर्ब १८ करोड ५१ लाख ९९ हजार ५०८ रुपैयाँ पुगेको छ। कारोबारका आधारमा विकास हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, थ्रिस्टार हाइड्रोपावर, एनएजी इन्स्योरेन्स कम्पनी र पिपल्स पावर कम्पनीका शेयरधनीले कमाएका छन्।
यस्तै, ओरियण्टल होटल, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिकलेस हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले गुमाएका छन्।