कृषि प्रधान मुलुकमा किसानको बेवास्ता भयो, तत्काल श्वेतपत्र जारी गरियोस् : डा.डिला संग्रौला

हिमाल प्रेस १२ भदौ २०८२ १०:१९ | Thursday, August 28, 2025
कृषि प्रधान मुलुकमा किसानको बेवास्ता भयो, तत्काल श्वेतपत्र जारी गरियोस् : डा.डिला संग्रौला

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौला पन्तले सरकारले उखु किसानलाई बेवास्ता गरेको बताउँदै तत्काल समस्या समाधानका लागि गम्भीर कदम चाल्न आग्रह गरेकी छन्।

उनले वर्षा सकिन बाँकी रहँदै उखु किसान अनुदान कटौतीविरुद्ध माइतीघर मण्डलामा आन्दोलनरत रहेको र दुग्ध किसानले भदौ १५ देखि आन्दोलन गर्ने तयारी गरिरहेको भन्दै चिन्ता व्यक्त गरिन्। ‘कहिले बाटोमै दुध पोख्ने, कहिले हरियो तरकारी सडकमा फ्याँक्नेजस्ता दृश्य हामीले देख्दै आएका छौँ,’ उनले भनिन्।

पन्तका अनुसार कृषि प्रधान मुलुक नेपालमा किसानलाई पर्याप्त सहुलियत दिनु, उत्पादनलाई उचित मूल्य दिलाउनु र बिचौलियाको मनपरी रोक्नु राज्यको जिम्मेवारी हो। तर यसतर्फ आवश्यक काम हुन नसकेको उनको भनाइ छ।

 ‘नेपाली कांग्रेस किसान र मजदुरको पार्टी हो। त्यसैले कांग्रेस सहभागी सरकारको जिम्मेवारी किसानका सवालमा श्वेतपत्र ल्याउने र खाद्यान्नमा आत्मनिर्भर बन्ने कार्ययोजना सार्वजनिक गर्ने हो,’ उनले भनिन्।

उनले किसानको पसिनाले नै देश चल्ने भन्दै उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुपर्ने बताइन्। ‘किसानको बलकै कारण हामी सिंहदरबार पुगेका हौँ भन्ने कुरा नबिर्सौं,’ पन्तले उल्लेख गरिन्।

प्रकाशित: १२ भदौ २०८२ १०:१९ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast