साउथ अस्ट्रेलियालाई नेपालले दियो १४७ रनको लक्ष्य

हिमाल प्रेस १२ भदौ २०८२ ८:०६
8
SHARES
साउथ अस्ट्रेलियालाई नेपालले दियो १४७ रनको लक्ष्य

काठमाडौँ- अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले स्थानीयसाउथ अस्ट्रेलियालाई १४७ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरेको नेपाली टिमले ९ विकेट गुमाएर १४६ रन बनाएको हो।

सुरुवातमा खराब खेलेर विकेट गुमाए पनि मध्यम र अन्त्यतिरका ब्याट्सम्यान समालिदा मध्यम लक्ष्य बन्न पुग्यो। नेपालका लागि ओपनर आशिफ शेखले २२ रन बनाए भने भीम सार्कीले ३२ रन थपे।

कुशल भुर्तेल ६ रन बनाएर आउट ह्ँदा दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए। सोमपाल कामीले अन्तिमतिर समालिएर खेल्दै १८ रन जोडेका थिए। यसका अतिरिक्त सन्दीप लामिछाने ५ रन बनाएर नटआउट रहदा नन्दन यादव र कप्तान रोहित पौडेल १-१ रनमा फर्किएका थिए।

लोकेश बमले शून्य बनाए। अबको केही बेरमा नेपालले बलिङ गर्नेछ। यसपछि आजै नेपालले अर्को अभ्यास खेल पनि खेल्नेछ।

प्रकाशित: १२ भदौ २०८२ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast