महदेवा गाउँपालिकाका पूर्वअध्यक्षको क्यान्सरबाट निधन

हिमाल प्रेस १२ भदौ २०८२ ७:१७ | Thursday, August 28, 2025
महदेवा गाउँपालिकाका पूर्वअध्यक्षको क्यान्सरबाट निधन

काठमाडौँ- सप्तरीको महदेवा गाउँपालिका पूर्वअध्यक्ष दीपककुमार यादवको ६८ वर्षको उमेरमा आज निधन भएको छ।

महदेवा गाउँपालिका–३, बथनाहा निवासी यादव जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार थिए। लामो समयदेखि उनी क्यान्सर रोगबाट पीडित थिए।

चिकित्सकको निगरानीमा उपचाररत रहेका उनको आफ्नै निवासमा निधन भएको जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिए।

यसैबीच यादवकको निधनप्रति जसपा सप्तरीले गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ।

प्रजातान्त्रिक आन्दोलन, जनआन्दोलन र मधेश आन्दोलनमासमेत उनले सक्रिय सहभागिता जनाएका थिए। उनका एक छोरा, एक छोरी र पत्नी छन्। रासस

*शीर्षक सच्याइएको 

 

प्रकाशित: १२ भदौ २०८२ ७:१७ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast