‘महादशा’ मार्फत फिल्म निर्देशनमा डेब्यु गर्दै किरण नेपाली

हिमाल प्रेस ११ भदौ २०८२ २१:२८ | Wednesday, August 27, 2025
‘महादशा’ मार्फत फिल्म निर्देशनमा डेब्यु गर्दै किरण नेपाली

काठमाडौँ– निर्माता किरण नेपालीको निर्देशनमा ‘महादशा’ फिल्म बन्ने भएको छ। बुधबार जमलको विश्वज्योति हलमा कार्यक्रम गर्दै फिल्मको नाम घोषणा गरिएको हो।

कार्यक्रममा फिल्मको प्रि–टिजर पनि सार्वजनिक गरिएको छ।

प्रि–टिजरमा मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ। निर्माण पक्षका अनुसार अन्य कलाकारबारे जानकारी केही समयपछि बताइनेछ।

फिल्म लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्नेछ। फिल्ममा राजेन्द्र के. शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। कार्यकारी निर्मातामा सुरज आचार्य कार्यकारी निर्माता छन्।

फिल्मले संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभाव समेट्ने निर्माण पक्षले जनाएको छ। कथा मनिष गौतमले लेखेका हुन्।

प्रकाशित: ११ भदौ २०८२ २१:२८ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast