अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

हिमाल प्रेस ११ भदौ २०८२ २०:४० | Wednesday, August 27, 2025
अवरुद्ध कर्णाली राजमार्ग खुल्यो फाइल तस्बिर/रासस

जुम्ला- सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। कालीकोटको कालेखोलामा गएराति सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

कालेखोलामा आएको लेदोसहितको पहिरोले भासिएको सडक पुनःनिर्माण गरेपछि साँझ ६ः०० बजेतिर एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्रकुमार चौधरीले बताए।

कालीकोटको खाँडाचक्र नगरपालिका-२ कालेखोलास्थित अवरुद्ध राजमार्ग तत्काल अस्थायी रूपमा साना सवारीसाधन (बस ट्रकबाहेक) आवागमन सञ्चालन भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चौधरीले जानकारी दिए।

सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आवतजावत गर्न रोकिएका साना गाडी आआफ्नो गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

प्रकाशित: ११ भदौ २०८२ २०:४० | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast