घाइते अवस्थामा फेला परे रूवी साह हत्याका प्रमुख आरोपित, घटना घटाएको स्वीकार

हिमाल प्रेस ११ भदौ २०८२ १०:०६ | Wednesday, August 27, 2025
घाइते अवस्थामा फेला परे रूवी साह हत्याका प्रमुख आरोपित, घटना घटाएको स्वीकार प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- रौतहटमा सुटकेसमा मृतावस्थामा फेला परेकी  रुबी साहका प्रमुख आरोपित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनामा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवान नियन्त्रणमा आएका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार पासवान घाइते अवस्थामा फेला परेका छन्। ‘हामीले निगरानीमा राखेको थियौँ। उहाँ आफैँ घाइते अवस्थामा फेला पर्नुभयो।’ डीएसपी कार्कीले हिमाल प्रेससँग भने,‘आरोपितभन्दा पनि लगभग प्रमाणित भइसक्यो। घटना घटाएको स्वीकारेको छ।’ कार्कीका अनुसार रौतहट प्रहरीले जलेको अवस्थामा भेटिएका छन्।

पासवानले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका हुन्। माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैँचा–बिसुनपुरवा मानपुर जाने बाटोमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उनको टाउकोसहित शरीरको अधिकांश भाग जलेको र बोल्नसमेत कठिन भएको छ।

प्रकाशित: ११ भदौ २०८२ १०:०६ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast