इम्बोस्ड नम्बरको निर्णय तत्काल फिर्ता गर : अटोमोबाइल रिकन्डिसन व्यवसायी संघ

हिमाल प्रेस १० भदौ २०८२ १३:०८
118
SHARES
इम्बोस्ड नम्बरको निर्णय तत्काल फिर्ता गर : अटोमोबाइल रिकन्डिसन व्यवसायी संघ

काठमाडौँ- नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघले अनिवार्य इम्बोस्ड नम्बरको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। संघका अध्यक्ष श्याममणि आचार्यले मंगलबार विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज १ गतेदेखि देशभरका सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्ने निर्णय गरेको छ। उक्त निर्णय आकस्मिक, अव्यावहारिक र पूर्वतयारीबिनै ल्याइएको हुँदा यसले सम्पूर्ण व्यवसायी, उपभोक्ता तथा सवारीसाधन क्षेत्रलाई ठूलो समस्या सिर्जना गर्ने ठहर संघको छ।

यसैगरी अहिलेको अवस्था तथा जनशक्तिबाटै यो प्रक्रिया असम्भव रहेकाे विज्ञप्तिमा उल्लेख छ। ‘यस निर्णयले सर्वसाधारण उपभोक्तामाथि आर्थिक भारसमेत बढाउने संघको ठहर छ’, संघले भनेको छ। सरकारसँग आवश्यक पूर्वाधार, जनशक्ति, प्रविधि र समय व्यवस्थापनको तयारीसमेत नरहेकाले हालकै अवस्थामा यो असम्भव रहेको विज्ञप्तिमा उल्लेख छ।

संघका अनुसार नम्बर प्लेट कमसल तथा मोटरसाइकलको तोकिएको स्थानमा हाल्नै नमिल्ने रहेकाले पनि यो अव्यावहारिक छ। संघले इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने अक्षर अनिवार्य रुपमा देवनागरी लिपिमा राख्न माग गरेको छ।

पभोक्ता र व्यवसायीलाई समेटी छलफल नगरी एकतर्फी निर्णय कार्यान्वयन गरिएमा आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय संघले गरेको छ। संघले सरकारले यो निर्णयलाई तुरुन्त फिर्ता गरी सरोकारवालासँगको व्यापक छलफलपछि मात्र व्यावहारिक समाधान ल्याउन माग गरेको छ।

यसकारण इम्बोस्ड नम्बर प्लेटको विरोध

प्रकाशित: १० भदौ २०८२ १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast