राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिको मनोनयन दर्ता आज

हिमाल प्रेस १० भदौ २०८२ ११:०२
राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिको मनोनयन दर्ता आज

काठमाडौँ- प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ।

मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ। सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो १ बजे निर्वाचन गर्ने तालिका छ।

राज्यव्यवस्था समिति सभापतिको पद साउन २८ गतेदेखि खाली छ। तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए।

प्रकाशित: १० भदौ २०८२ ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast