चार दिनमा झण्डै १२ हजार पिन्ट रक्त संकलन

हिमाल प्रेस ९ भदौ २०८२ २०:३३ | Monday, August 25, 2025
चार दिनमा झण्डै १२ हजार पिन्ट रक्त संकलन सांकेतिक तस्बिर।

काठमाडौँ- ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले चार दिनमा ११ हजार ९१६ पिन्ट रक्त संकलन गरेको छ। यही भदौ ६ गतेदेखि आजसम्म देशको विभिन्न स्थानमा गरिएका रक्तदान कार्यक्रममार्फत उक्त परिमाणमा रक्त सङ्कलन गरिएको सो संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

सो संस्थाको पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८ औँ पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा रक्त संकलन गरिएको केन्द्रले जनाएको छ। केन्द्रले नेपाल र भारतमा गरी १०० घण्टामा एक लाख पिन्ट रक्त संकलन गर्ने लक्ष्य लिएको थियो।

नेपालको काठमाडौँ, विराटनगर, नारायणगढ, राजविराज, वीरगञ्ज, पोखरा, दाङ, बुटवल, हेटौँडा, जनकपुर, भैरहवा, धनगढी, पाल्पा, बाग्लुङ र नेपालगञ्जमा रक्त संकलन गरिएको हो।

भदौ ६ गते एकैदिनमा पाँच हजार ४७ पिन्ट रक्त संकलन भएको थियो। सो परिमाणमा रक्त संकलन हुनु नेपालको सन्दर्भमा हालसम्मकै उच्च रहेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: ९ भदौ २०८२ २०:३३ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast