धनीरामले छोडे नाउपा, रूपन्देही उपनिर्वाचनमा जनमतबाट लड्ने

हिमाल प्रेस ८ भदौ २०८२ १९:०२ | Sunday, August 24, 2025
धनीरामले छोडे नाउपा, रूपन्देही उपनिर्वाचनमा जनमतबाट लड्ने

बुटवल – रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन नजिकिँदै जाँदा नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताहरू जनमत पार्टी प्रवेश गरेका छन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवार रहेका धनीराम चौधरी सहितका नेता तथा कार्यकर्ताहरू आइतबार जनमत पार्टी प्रवेश गरेका हुन्।

उनीहरुलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले स्वागत गरेका हुन्। चौधरीसहित थारु कल्याणकारी एवं थरुहट संघर्ष समितिका प्रदेश सचिव कमल नारायण चौधरी, नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला महिला अध्यक्ष सरस्वती थारु, प्रदेश सदस्य गौरी यादव र केन्द्रीय सदस्य श्रीरामकुमार चौधरी प्रवेश गरेको जनमत पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताले बताए।

गत संसदीय निर्वाचनमा धनीरामले नाउपाबाट उम्मेदवार बनेर १३ हजार ९६२ मत प्राप्त गर्दै चौथो भएका थिए।

जनमतले धनीरामलाई रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बनाउनेगरी पार्टी प्रवेश गराएको हो। प्रवेश गरेकाहरुलाई जनमत पार्टीका अध्यक्ष राउतले उचित जिम्मेवारी दिने र राजनीतिक भविष्यको संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: ८ भदौ २०८२ १९:०२ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast