युवाहरूले नेतृत्व लिन सकेनन् : सांसद शाही

हिमाल प्रेस ८ भदौ २०८२ १८:५४ | Sunday, August 24, 2025
युवाहरूले नेतृत्व लिन सकेनन् : सांसद शाही

काठमाडौँ- प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महेन्द्रबहादुर शाहीले युवा शक्तिको राज्यले उपयोग गर्न नसक्दा युवामा सकारात्मकभन्दा नकारात्मक प्रवृत्ति बढ्दै गएको बताएका छन्। युवा गैरसरकारी संस्था महासंघको भक्तपुरमा १४ औँ महासभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

शाहीले नेपालमा युवाको क्षेत्रमा सरकारी संस्थाहरूले लगानी गरिरहेको भए पनि त्यसको उपलब्धी र प्रभावकारिता सम्बन्धमा प्रश्न उठिरहेकाले महासंघ सजग हुनुपर्ने बताए।

युवाहरूले सामाजिक र राजनीतिका क्षेत्रमा नेतृत्व लिन नसकेकोमा उनले चिन्ता व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपालमा नागरिक संस्थाहरूको आवाज खुम्चिँदै गएको उल्लेख गरे। उनले युवाहरूलाई नेतृत्वपंक्तिमा ल्याउन महासंघले जोड दिनुपर्ने जिकिर गरे।

युवा गैरसकारी संस्था महासंघका अध्यक्ष नारायण गिरीले नेपालमा युवा सबैको देखाउने भाँडोमात्र भएकाले अब वास्तविकरूपमा रुपान्तरको अभियानमा जुट्नुपर्ने बताए।

महासंघको १४ औँ महासभामा ७७ जिल्लाका १०५ प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रकाशित: ८ भदौ २०८२ १८:५४ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast