नेप्से परिसूचक १८ अंकले घट्यो

हिमाल प्रेस ८ भदौ २०८२ १७:०२ | Sunday, August 24, 2025
नेप्से परिसूचक १८ अंकले घट्यो

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अंकले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ। परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको हो।

आज ३२३ कम्पनीको एक करोड ४० लाख नौ हजार ७०८ कित्ता शेयर ५८ हजार १०५ पटक खरिदबिक्री हुँदा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ दशमलव ९२ मूल्य बराबरको कारोबार भएको छ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ शून्य दशमलव ८८, विकास बैंक एक दशमलव ६९, वित्त शून्य दशमलव ५३, होटल तथा पर्यटन शून्य दशमलव ६८ र जलविद्युत् एक दशमलव १९ प्रतिशतले घटेको छ।

त्यस्तै, लगानी शून्य दशमलव ७८, जीवन बिमा शून्य दशमलव ४४, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फण्ड शून्य दशमलव १६, निर्जीवन बिमा शून्य दशमलव ५०, व्यापार शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ।

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सात दशमलव २९ प्रतिशतले घटेको छ।

कारोबार रकम र शेयर संख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको एक अर्ब ७५ करोड ७९ लाख ३० हजार ३८६ मूल्य बराबरको १२ लाख ७४ हजार २२५ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: ८ भदौ २०८२ १७:०२ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast