अदालतको निर्णयविरूद्ध उत्रियो जसपा नेपाल

हिमाल प्रेस ८ भदौ २०८२ १६:०९
14
SHARES
अदालतको निर्णयविरूद्ध उत्रियो जसपा नेपाल जसपा नेपालको आइतबार जनकपुरमा भएको प्रदर्शन

काठमाडौँ- गौर हत्याकाण्डमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबार मधेशका जिल्लाहरूमा प्रदर्शन गरेका छन्। अध्यक्ष यादवलाई फसाउन राज्य पक्षले षडयन्त्र गरेको आरोप लगाउँदै जसपा नेपालले प्रदेशको राजधानी जनकपुरधामसहित प्रदेशका अन्य जिल्लाहरूमा प्रदर्शन गरेको हो।

जनकपुरधाममा धनुषाका विभिन्न स्थानीय तहबाट भेला भएका जसपा नेपालका नेता–कार्यकर्ताहरू प्रदर्शनमा सभागी भएका थिए। प्रदर्शनका सहभागीहरूले गौर घटनाका सन्दर्भमा यसअघि छानबिन भएका प्रतिवेदनअनुसार अगाडि बढ्न सरकासँग माग गरेका थिए।

त्यस्तै उनीहरूले सरकारले ल्याउन लागेको भूमि विधेयक फिर्ता लिनसमेत माग गरेका थिए। जसपा नेपालले भूमि विधेयकको विरोधमा देशव्यापी आन्दोलनको घोषणा समेत गरिसकेको छ। भूमि विधेयकमा लिएका अडानकै कारण पार्टी अध्यक्ष यादवलाई जोडेर गौर घटना छानबिन गर्न लागिएको जसपा नेपालका नेता–कार्यकर्ताहरूको भनाइ छ।

जनक चोकबाट सुरू भएको विरोध ¥याली भानु चोक, कदम चोक, मुरली चोक, भैरव चोकलगायतका स्थानहरूको परिक्रमा गरी पुनः जनक चोक पुगेर कोणसभामा परिणत भएको थियो।

यता १९ वर्षअघि घटना भएको गौरमा पनि प्रदर्शन भएको छ। गौरमा सर्वपक्षीय सर्वदलीय संघर्ष समितिले गौरमा प्रदर्शन गरेको हो। जसपा नेपालसमेत सहभागी भएको विरोध जुलुस रामजानकी धर्मशालाबाट सुरू भएर बीपी चोक पुगेर कोणसभामा परिणत भएको थियो।

प्रकाशित: ८ भदौ २०८२ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast