रौतहटमा सुटकेसमा भेटिएको शवको सनाखत : आमासँग बस्ने विवाहित महिला रहेको पुष्टि

हिमाल प्रेस ८ भदौ २०८२ ९:१२ | Sunday, August 24, 2025
रौतहटमा सुटकेसमा भेटिएको शवको सनाखत :  आमासँग बस्ने विवाहित महिला रहेको पुष्टि

काठमाडौँ- रौतहट सदरमुकाममा सुटकेशभित्र फेला परेको शवको सनाखत भएको छ। उक्त शव रौटहटको माधव नारायण नगरपालिका २ महादेवपट्टी माइत भएकी अन्दाजी २६ वर्षीया रुवीकुमारी साहको भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।

गौर नगरपालिका ९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति नै स्थानीयले शंकास्पद अवस्थामा ठूलो सुटकेश देखेका थिए। डीएसीपीका अनुसार उनी आमासँग बस्ने गरेको र हिजो दिउँसो घरबाट हिँडेकी थिइन्। ‘४ बजेसम्म सम्पर्क भएको रहेछ। त्यसपछि सम्पर्कविहीन हुनुभएछ,’ डीएसपी कार्कीले हिमाल प्रेससँग भने,‘हामी अहिले परिवारबाट पहिचान गराउने तयारी गर्दैछौँ।’

घाँटी कसेर युवतीको हत्यापछि शव सुटकेशमा राखिएको अनुमान प्रहरीले गरेको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।

प्रकाशित: ८ भदौ २०८२ ९:१२ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast