पटकपटक मन्त्री र सांसद भएका जनार्दनलाई पनि लाग्छ ‘राजनीतिमा बेकार आइएछ’ जस्तो

हिमाल प्रेस ८ भदौ २०८२ ६:५२ | Sunday, August 24, 2025
पटकपटक मन्त्री र सांसद भएका जनार्दनलाई पनि लाग्छ ‘राजनीतिमा बेकार आइएछ’ जस्तो

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसदमा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आफू सुरूवातदेखि निरन्तर संसदमा रहेको तर पछिल्लो समय किन संसदमा आइएछ भनेर आत्मग्लानी हुने गरेको बताएका हुन्। जनार्दन पटकपटक सांसद र मन्त्री बनेका नेता हुन्।

‘पछिल्लो समय आउँदा त कानून त चोरी हुने संसदमा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि । कानून नै चोरी हुन्छ । अलि दिक्क लागेर होला । अलि पुरानो भएर पनि होला,’ उनले भने।

उनले संविधानमा लेखिएका कुराहरु किन कार्यान्वयन गरिएन भनेर प्रश्न गर्दा अरू तर्सिने गरेको पनि बताए।

‘संविधानको उपभोग बनाउन जनताले पाउनुपर्छ । उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौँ । यो मैले गरेको प्रश्न म आफैँलाई हो । तर मैले आफैँलाई गरेको प्रश्नले अरु तर्सिन्छन् र पो गाह्रो छ । प्रश्न आफैँलाई गरेको हो । किनभने त्यस ठाउँमा त हामी नै छौँ । संविधानका धाराहरुले पानामा लेखेका कुराहरु नै उपयोग गर्नेतिर किन जान सकेनौं,’ उनले भने।

प्रकाशित: ८ भदौ २०८२ ६:५२ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast