लक्ष्मण रिजालको निर्देशनमा फिल्म ‘काजी’ बन्ने, स्याङ्जामा छायांकन हुँदै

हिमाल प्रेस ६ भदौ २०८२ १९:३१ | Friday, August 22, 2025
लक्ष्मण रिजालको निर्देशनमा फिल्म ‘काजी’ बन्ने, स्याङ्जामा छायांकन हुँदै

काठमाडौँ- लक्ष्मण रिजालको निर्देशनमा फिल्म ‘काजी’ बन्ने भएको छ। शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभ मूहुर्त गरिएको छ।

शुभमुहूर्तसँग छायांकनको लागि स्याङ्जा निस्केको छ । यही भदौ ८ गते देखि स्याङ्जाबाट फिल्मको छायांकन सुरु गरिने निर्देशक लक्ष्मण रिजालले बताए।

उनी यही सिनेमाबाट करिब ८ वर्षपछि निर्देशनमा फर्केका हुन्। आफूले खोजेको जस्तै स्क्रिप्ट  पाएकाले निर्देशनमा कमव्याक गर्न तयार भएको निर्देशक रिजाल बताए  उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका फिल्म निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए।

आरएण्डआर प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा सामाजिकसँगै प्रेमकथामा आधारित रहनेछ।

फिल्म रामप्रसाद रिजालले निर्माण गर्दैछन्। फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मालगायत कलाकारको अभिनय रहनेछ। प्रदीप भारद्वाजको लेखन रहेको फिल्म चिन्तनराज भण्डारीले छायांकन गर्नेछन्।

प्रकाशित: ६ भदौ २०८२ १९:३१ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast