‘काजी’ को टिजर सार्वजनिक

हिमाल प्रेस ८ वैशाख २०८३ ८:०५ | Tuesday, April 21, 2026
4
SHARES
‘काजी’ को टिजर सार्वजनिक

काठमाडौँ- फिल्म ‘काजी’ को प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरिएको छ । अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म मायाप्रेममा आधारित छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकीलगायतको अभिनय छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म लक्ष्मण रिजालले निर्देशन गर्नुभएको छ । प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बाँस्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रङ संयोजक श्याम कुँवर, सागर अर्यालको लोकेसन ध्वनि र सुजिल कर्माचार्यको पाश्र्व संगीत छ । फिल्म जेठ ८ गते प्रदर्शनमा आउने भएको छ ।

प्रकाशित: ८ वैशाख २०८३ ८:०५ | Tuesday, April 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast