कांग्रेसका योद्धाहरूले देखाएको मार्गमा पाटी अघि बढिरहेको छ : देउवा

हिमाल प्रेस ६ भदौ २०८२ १८:४० | Friday, August 22, 2025
कांग्रेसका योद्धाहरूले देखाएको मार्गमा पाटी अघि बढिरहेको छ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका योद्धाहरुले देखाएको लोकतान्त्रिक समावेशी मार्गमा पार्टी अघि बढिरहेको बताएका छन्।

शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा आदिवासी जनजाती योद्धाहरु नामक पुस्तक विमोचन गर्दै सभापति देउवाले कांग्रेसका योद्धाहरुको प्रेरणा र कांग्रेसको निरन्तरको पहलका कारण अहिले पार्टीलाई समावेशी र समानुपातीक मूल्यमान्यतामा अघि बढाउन सकिएको समेत बताए।

उनले कांग्रेसको नेतृत्वमा ऐतिहासिक उपलब्धी प्राप्त भएकाले त्यसलाई थप संस्थागत गर्न कांग्रेस गम्भीर रहेको धारणा राखे। संविधान संशोधन गर्दा समेत आदिवासी जनजाती हक अधिकारलाई विशेष ध्यान दिइने उनको भनाइ छ।

कार्यक्रममा सभापति देउवाले आदिवासी जनजाती योद्धाका परिवारलाई सम्मान गरेका थिए।

प्रकाशित: ६ भदौ २०८२ १८:४० | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast