सहरमा आजः दुई पुस्तक विमोचन र एक नाटक मञ्चनसहित हलमा पाँच नेपाली फिल्म

सुस्मिता बजगाईं ७ भदौ २०८२ ७:१७
60
SHARES
सहरमा आजः दुई पुस्तक विमोचन र एक नाटक मञ्चनसहित हलमा पाँच नेपाली फिल्म

काठमाडौँ- आज भदौको पहिलो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गर्दै आइरहेका छौँ।

जो फुर्सदमा हुनुहुन्छ उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता थिएटरमा ‘आवर्ती’ नाटक मञ्चनरत छ। साहित्यप्रेमी पाठकका लागि दुई पुस्तकको लोकार्पण कार्यक्रम पनि रहेको छ।

त्यस्तै हलमा नयाँ तीन नेपाली फिल्म प्रर्दशन भएको छ, ‘ताराहरू’, ‘जनै हराएको मान्छे’ र ‘माग्ने राजा’। त्यस्तै साउनमा प्रर्दशन भएको ‘सिटामोल’, र ‘मोहर’ पनि चलिरहेको छ। यो सँगै अन्य हिन्दी फिल्म पनि छन्।

कहाँ केके हुँदै छ हेरौं,

भीम न्यौपानेको पुस्तक ‘बादलमुनि बागलुङ’ लोकार्पण
व्यावसायी तथा फिल्म निर्माता भीम न्यौपानेको पहिलो पुस्तक ‘बादलमुनि बागलुङ’ आज लोकार्पण हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षामा कार्यक्रम दिउँसो ३ बजे सुरु हुनेछ। वरिष्ठ कलाकार नीर शाहको प्रमुख अतिथि कार्यक्रममा राधा पौडेल र नयनराज पाण्डे वक्ता र वरिष्ठ कलाकार नीर शाहको प्रमुख अतिथिको रुपमा उपस्थिति हुनेछन्। पुस्तक किताब किरोले प्रकाशन गरेको हो।

वसन्त पराजुलीको उपन्यास ‘बखान’ लोकार्पण
नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा आज नै पत्रकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ लोकार्पण हुँदै छ। कार्यक्रम दिउँसो २ बजे सुरु हुनेछ। कार्यक्रममा वक्ताका रुपमा आख्यानकार अमर न्यौपाने र राजनीतिक विश्लेषक शंकर तिवारी छन्। त्यस्तै प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र अतिथिमा संविधान सभाका सदस्य लक्ष्मी राई उपस्थित हुनेछन्। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

मण्डलामा नाटक ‘आवर्ती’
थापागाउँस्थित मण्डला थिएटरमा साउन ३० देखि नाटक ‘आवर्ती’ मञ्चन भइरहेको छ। नाट्यकर्मी सम्राट भुजेलको लेखन र निर्देशनमा बनेको नाटक आत्माको खोजको कथामा आधारित छ। आगामी भदौ १५ सम्म मञ्चन हुने नाटकमा मोडल तथा कलाकार गरिमा शर्मासहित प्रार्थना पाठक, श्रीशेष श्रेष्ठ, चिराग पनेरु र दीपेश गजुरेलले अभिनय गरेका छन्। सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे मञ्चन हुने नाटक शनिबार आज दिउँसो १ः३० बजे अतिरिक्त सो पनि हुनेछ।

हलमा नेपाली र हिन्दी फिल्म

ताराहरू
फिल्म ‘ताराहरू’ यही भदौ ६ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक रंगकर्मी आशान्त शर्मा हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। मध्यमवर्गीय परिवारले सहरमा गर्नुपरेको संघर्ष र एक वयस्क युवको मानसिक स्वास्थ्यको अवस्थालाई फिल्ममा प्रस्तुत गरिएको छ। निर्देशक शर्माकै मुख्य भूमिका रहेको फिल्ममा मीरा खड्का, मेनुका प्रधान, प्रभाकर गौतम, कुन्दुन शाक्य, आभास अधिकारी, कबिर काफ्का, श्याम मगर, प्रमोद बाबुलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर र सिभिल मल, आइएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमा, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

माग्ने राजा
फिल्म ‘माग्ने राजा’ भदौ ६ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक ऋषि लामिछाने हुन्। कलाकार केदार घिमिरेको मुख्य भूमिका रहेको फिल्म एकजना माग्नेको राजा बन्ने सपनामा आधारित छ। कमेडी मिश्रित सामाजिक कथामा बनेको फिल्ममा केदारसहित वर्षा शिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल, शारदा गिरीलगायत कलाकारको अभिनय छ।

उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, सिभिल मल, दरबार सिनेम्याक्स, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमा, विश्वज्योति हल, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

जनै हराएको मान्छे
भदौ ६ देखि नै हलमा अर्को फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक हिमाल न्यौपाने हुन्। फिल्म पारिवारिक कथामा बनेको छ। फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, सिभिल मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर रछाया सेन्टरमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमा, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘जनै हराएको मान्छे’ चलिरहेको अन्य हल हुन्।

सिटामोल
फिल्म ‘सिटामोल’ साउन २३ देखि प्रदर्शन भइरहेको छ। कर्णाली परिवेशमा बनेको फिल्मले जनयुद्धमा घाइते भएका चन्द्र बहादुर बुढा पात्रको कथा प्रस्तुत गरेको छ। फिल्मका निर्देशक राजबहादुर साने हुन्। फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, हिउँकला गौतमलगायत कलाकारको अभिनय छ।

उपत्यकामा शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत सिटी स्क्वायर मल, विश्वज्योति हलमा फिल्म ‘सिटामोल’ को सो छ।

मोहर
फिल्म ‘मोहर’ पनि साउन २३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मले देउकी प्रथाको कथा प्रस्तुत गरेको छ। फिल्मका लेखक तथा निर्देशक ओम प्रतीक हुन्। फिल्ममा बेनिशा हमाल, नीति शाह, पल शाह, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ।

उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। त्यस्तै, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमा, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘मोहर’ प्रदर्शनरत छ।

कूली
बलिउड फिल्म ‘कूलीः द पावरहाउस’ साउन २९ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ। लोकेश कनागराजको निर्देशित फिल्ममा रजनीकान्त, श्रुति हसन, नागार्जुन, उपेन्द्र राव, सौबिन शाहिर आमिर खानलगायत कलाकारको अभिनय छ।

उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार राइजिङ मल, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर र लबिम मलमा फिल्म्को सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमा, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, सिटी सिनेमाजमा फिल्म चलि रहेको छ।

वार २
बलिउड फिल्म ‘वार २’ साउन २९ देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक आयन मुखर्जी हुन्। फिल्ममा ऋतिक रोशन, एन.टी. रामा राव, जूनियर, कियारा आडवाणीलगायत कलाकारको अभिनय छ। फिल्म एक्सन, एडभेञ्चर र थ्रिलर जनरामा बनेको छ।

उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार राइजिङ मल, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, छाया सेन्टर, भाटभटेनी भक्तपुरमा फिल्मको सो छ। त्यस्तै, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमा, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति हल, सिटी सिनेमाज र विश्वज्योति हलमा फिल्म चलिरहेको छ।

विपोन्स
हलिउड फिल्म ‘विपोन्स’ साउन २३ देखि हलमा प्रदर्शन भएको छ। फिल्मका निर्देशक ज्याक क्रेगर हुन्। हरर जनरामा बनेको फिल्ममा जोस ब्रोलिन, जुलिया गार्नर, एल्डेन एहरेनेच, अस्टिन अब्राम्सलगायत कलाकारको अभिनय छ।
उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल र छाया सेन्टरमा फिल्मको सो छ।

सैयारा
बलिउड फिल्म ‘सैयारा’ साउन २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। प्रेम कथामा आधारित फिल्म ड्रामा र रोमान्टिक जनरामा बनेको छ। फिल्मका निर्देशक कोहित पुरी हुन्। फिल्ममा आहान पाण्डे, अनिता पड्डा मुख्य भूमिकामा छन्। शनिबार क्युएफएक्स सिनेमाजअन्तर्गत उपत्यकाको सिभिल मलमा फिल्मको सो छ।

प्रकाशित: ७ भदौ २०८२ ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast