‘मधेशको सुक्खा समस्यालाई हल गर्न काम सुरु भइसकेको छ’

हिमाल प्रेस ५ भदौ २०८२ १६:४० | Thursday, August 21, 2025
‘मधेशको सुक्खा समस्यालाई हल गर्न काम सुरु भइसकेको छ’

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर मित्र बरालले मधेश प्रदेशको विद्युत र सिँचाइ सेवाका अवस्था बारेमा जनकपुरमा जानकारी लिएका छन्।

नेपाल विद्युत् प्राधिकरण, प्रादेशिक कार्यालय जनकपुरधाममा बिहीबार आयोजित कार्यक्रममा उनीहरुले मधेश प्रदेशको विद्युत र सिँचाइ क्षेत्रमा तत्काल थप सुधारमा लाग्न पनि कर्मचारीलाई निर्देश गरे।

यस अवसरमा मन्त्री खड्काले मधेश प्रदेशमा विद्युत चुहावट अन्य प्रदेशका तुलनामा उच्च रहेको हुँदा यसलाई तत्काल समाधान गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘यस प्रदेशमा विभिन्न स्थानमा अझै पनि पटक–पटक बिजुली कटौती हुने जनगुनासो छ। २४ घण्टा विद्युत् आपूर्ति सुनिश्चितता गरिनुपर्छ। विद्युत र सिँचाइ क्षेत्रमा सुधार आवश्यक छ। यो कामलाई प्रोत्साहित गर्दै, जनताको जीवनस्तर उकास्न हामी प्रतिबद्ध छौँ।’

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर बरालले तराईमा पछिल्लो समय देखिएको सुक्खा समस्यालाई सम्बोधन गर्न सकिने हुँदा यसमा विभागले उच्च प्राथमिताका साथ ध्यान दिएको जानकारी दिए।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्य श्यामकिशोर यादव, विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादवलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ५ भदौ २०८२ १६:४० | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast