नेमकिपाले गर्‍यो आफ्नै विद्यार्थी संगठन विघटन

हिमाल प्रेस ५ भदौ २०८२ ७:४१ | Thursday, August 21, 2025
नेमकिपाले गर्‍यो आफ्नै विद्यार्थी संगठन विघटन

काठमाडौँ- नारायणमान बिजुक्छें नेतृत्वको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नो विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघको १४औँ केन्द्रीय सम्मेलन तयारी समितिलाई विघटन गरेको छ।

पार्टी अध्यक्ष बिजुक्छेंको अध्यक्षतामा २०८२ भदौ ३ गते बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रकाश गुरुङको अध्यक्षतामा रहेको तयारी समितिले सक्रियतापूर्वक काम नगरेको ठहर गर्दै समिति विघटन गर्ने निर्णय गरेको हो।

बैठकले विद्यार्थीहरूको सहभागितामा कक्षा सञ्चालन गरी नयाँ सम्मेलन तयारी समिति गठन गर्ने निर्णय पनि गरेको सचिव प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ भदौ २०८२ ७:४१ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast