
काठमाडौँ- कम्युनिस्ट समाजवादी पार्टी, नेपालले भारत र चीनबीच लिपुलेकसहित तीन नाकाबाट सिमाना पार व्यापार पुनः सञ्चालन गर्ने सहमतिप्रति आपत्ति जनाएको छ ।
पार्टीका केन्द्रीय समिति संयोजक हरिकृष्ण गजुरेल ‘भाष्कर’ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै साउन ३ गते (१९ अगस्ट २०२५) भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच सम्पन्न द्विपक्षीय वार्तापछि जारी सहमतिपत्रको नवौँ बुँदाले नेपालको भूमिमा आघात पुर्याएको बताएका छन् ।
विज्ञप्तिमा लिपुलेक पास, सिप्लिका पास र नाथुला पासमार्फत व्यापार पुनः सञ्चालन गर्ने सहमति नेपालको राष्ट्रिय अखण्डता, स्वाधीनता र सार्वभौमिकतामाथि चुनौती भएको उल्लेख छ । पार्टीले नेपाल सरकारलाई आफ्नो भूमिको रक्षा गर्नतर्फ गम्भीर पहल गर्न आग्रह गरेको छ ।
उक्त सम्झौताविरुद्ध सशक्त ढंगले उत्रिन र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि एकताबद्ध हुन आम नेपाली जनतालाई अपिल गरिएको छ ।