बाढीका कारण पाकिस्तानको कराचीमा कम्तीमा ८ जनाको मृत्यु

हिमाल प्रेस ४ भदौ २०८२ १५:२६ | Wednesday, August 20, 2025
बाढीका कारण पाकिस्तानको कराचीमा कम्तीमा ८ जनाको मृत्यु तस्बिर : सिन्ह्वा

काठमाडौँ- पाकिस्तानको कराची सहरमा लगातारको वर्षापछि भएका विभिन्न दुर्घटनामा कम्तीमा आठ जनाको ज्यान गएको छ। पर्खाल ढलेर, करेन्ट लागेर, नालामा खसेर उनीहरूको ज्यान गएको हो।

सिन्ध प्रदेश सरकारले मंगलबार भएको भारी वर्षापछि कराचीमा बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ। पाकिस्तान मौसम विभागले बुधबार पनि भारी वर्षाको चेतावनी दिएको छ।

सिन्धका मुख्यमन्त्री मुराद अली शाह र कराचीका मेयर मुरतजा वहाबले वर्षाका कारण प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका थिए। वर्षापछि मालिर नदीमा पानीको बहाव बढेपछि कोरन्गी कजवे बन्द गरिएको छ।

मौसम विभागका अनुसार अरब सागर र बंगालको खाडीबाट आएको मनसुनी वायुले देशका धेरैजसो भाग, विशेषगरी दक्षिणी क्षेत्रलाई प्रभावित पारेको छ। यसका कारण आगामी दुई दिनसम्म सिन्ध र बलुचिस्तानमा भीषण वर्षा र बाढीको जोखिम रहेको छ।

सिन्धका कराची, हैदराबाद, मीठी, थारपारकर, उमरकोट, मिर्पुरखाससहित धेरै क्षेत्रमा मेघगर्जन र तीव्र हावासहित वर्षा हुने सम्भावना रहेको बताइएको छ।

यसैबीच पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तीय आपदा व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले जारी गरेको प्रतिवेदनअनुसार हालसम्म वर्षा र बाढीका कारण प्रान्तका विभिन्न जिल्लामा ३७७ जनाको मृत्यु भएको छ भने १८२ जना घाइते भएका छन्।

बाढीका कारण हालसम्म १ हजार ३७७ घर क्षतिग्रस्त भएका छन्, जसमा ३५५ घर पूर्णरूपमा नष्ट भएका छन्।

प्रकाशित: ४ भदौ २०८२ १५:२६ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast