एकीकृत समाजवादीकै नेत्रृले गरिन् अध्यक्ष माधव नेपाललाई कारबाही गर्न माग

हिमाल प्रेस ४ भदौ २०८२ १२:२८ | Wednesday, August 20, 2025
एकीकृत समाजवादीकै नेत्रृले गरिन् अध्यक्ष माधव नेपाललाई कारबाही गर्न माग

काठमाडौँ- नेकपा एकीकृत समाजवादीकी नेत्रृ रेखा तामाङ लोप्चनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न माग गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण सोध्न र कारबाही गर्न माग गरेकी हुन्।

केही समययता समाजवादी निकट युवा संघमा विवाद छ। रोशन थापा नेतृत्वको मूल नेतृत्वप्रति असन्तुष्ट बन्दै इतरपक्षले समानान्तर कमिटी गठन गरेका छन्। तामाङ इतरपक्ष नेतृ अर्थात् सञ्जीव राई नेतृत्वको युवा संघकी उपमहासचिव हुन्।

थापा नेतृत्वको कमिटीले इतरपक्ष मानिने समानान्तर कमिटी बनेका राईलाई स्पष्टीकरण सोधेको छ। राईलाई स्पष्टीकरण सोधेकोमा तामाङ असन्तुष्ट बनेकी हुन्। उनले आफूहरूलाई कारबाही गर्न भन्दा पार्टी अध्यक्ष नेपाललाई सोध्न माग गरेकी छन्।

‘सबैभन्दा पहिले पतञ्जली काण्ड का हाम्रा पार्टी अध्यक्ष क. माधवकुमार नेपालज्यूलाई अदालतमा विचाराधीन मुद्दा चलिरहेको हुँदा नैतिकताका आधारमा अनुशासन आयोगले पहिलो कारबाही अध्यक्षज्यूलाई गरी अनि सञ्जीवलगायत हामी युवा संघ को टिम स्पष्टीकरण र कारबाही माग गर्न जोडदार माग गर्दछु,’  उनले थप भनेकी छन्, ‘अन्यथा फेरि यो टाइँटाइँ फिस मात्र हुनुहोला नि।’

प्रकाशित: ४ भदौ २०८२ १२:२८ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast