उपसभामुख हटाउने सत्तापक्षीय प्रयासविरुद्ध विपक्षी दलको बैठक

हिमाल प्रेस ३ भदौ २०८२ १५:५१ | Tuesday, August 19, 2025
उपसभामुख हटाउने सत्तापक्षीय प्रयासविरुद्ध विपक्षी दलको बैठक

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी थालेपछि विपक्षी दलहरूले रणनीति बनाउन सिंहदरबारमा बैठक गरेका छन्।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्याललगायत नेताहरू सहभागी छन्।

उनीहरूले उपसभामुखलाई हटाउने कदम अस्वीकार्य भएको भन्दै विरोध जनाएका छन्।

यसैबीच, कांग्रेस र एमालेले भने रानामगरलाई पदबाट हटाउन सांसदहरूको हस्ताक्षर संकलन गर्ने कार्य अघि बढाएका छन्।

प्रकाशित: ३ भदौ २०८२ १५:५१ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast