उपसभामुख हटाउने सत्तारुढको तयारीप्रति असन्तुष्ट माओवादी

हिमाल प्रेस ३ भदौ २०८२ १३:५३ | Tuesday, August 19, 2025
उपसभामुख हटाउने सत्तारुढको तयारीप्रति असन्तुष्ट माओवादी

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरको पुरानो कमजोरी देखाएर हटाउन लागेकोमा प्रतिपक्षी नेकपा माओवादी केन्द्र असन्तुष्ट बनेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गरेका छन्।

मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै आफ्नो पार्टीले विरोध गर्ने बताएका हुन् ।

वर्तमान सरकार गठन भएदेखि नै गल्तीबाहेक राम्रो कुनै काम गर्न नसकेको प्रचण्डको टिप्पणी थियो। प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाती महिलालाई अनाहकमा हटाउने कोशिस गलत रहेको जिकिर गरे ।
प्रतिपक्षी राप्रपा पनि कांग्रेस एमालेको कामकारबाहीप्रति असन्तुष्ट छ।

प्रकाशित: ३ भदौ २०८२ १३:५३ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast