
काठमाडौँ- विवेकशील-साझा पार्टीले समान विचार भएकाहरुसँग सहकार्य, कार्यगत एकता, मोर्चाबन्दी, ध्रुवीकरण एवम् एकीकरणको नीति लिँदै संवादका लागि पाँच सदस्यीय संवाद समिति गठन गरेको छ ।
पार्टीले उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा समान विचार भएका व्यक्तित्व, समूह, अभियान, संस्था र दलहरुसंग सहकार्य,ध्रुबिकरण, कार्यगत एकता, एकीकरण र मोर्चाबन्दी गर्न भन्दै राजनीतिक संवाद समिति गठन गरेको हो ।
समितिमा उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य रहेका छन् ।
प्रकाशित: ३ भदौ २०८२ ९:०५
प्रतिक्रिया