पदमुक्त भए बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा

हिमाल प्रेस ३ भदौ २०८२ ८:५५ | Tuesday, August 19, 2025
पदमुक्त भए बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा शरद ओझा

काठमाडौँ- बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

उनको योग्यताबारे प्रश्न उठेको थियो। त्यसबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको थियो। त्यस समितिले आइतबार प्रतिवेदनसमेत बुझाएको थियो।

ओझालाई गत फागुन १२ गते सरकारले बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रकाशित: ३ भदौ २०८२ ८:५५ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast