राजनीतिक दल खोल्ने प्रसाईंको घोषणा

हिमाल प्रेस २ भदौ २०८२ १५:३३ | Monday, August 18, 2025
राजनीतिक दल खोल्ने प्रसाईंको घोषणा दुर्गा प्रसाईं। फाइल तस्बिर।

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन्।

‘म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं। त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु’ प्रसाईंले भने।

दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट उनी छुटेका थिए। उनीविरुद्ध तीनकुने घटनामा आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधजस्ता आरोपहरू लागेको थियो।

२८ लाख धरौटी बुझाएपछि रिहा भए दुर्गा प्रसाई

प्रकाशित: २ भदौ २०८२ १५:३३ | Monday, August 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast