४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम माग गर्दै संघर्ष समितिको ध्यानाकर्षण

हिमाल प्रेस १ भदौ २०८२ १६:३६
2.0k
SHARES
४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम माग गर्दै संघर्ष समितिको ध्यानाकर्षण

ललितपुर- ४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम माग राष्ट्रिय संघर्ष समितिले विद्यालय शिक्षा विधेयक-२०८० मा समावेश गरिएका प्रावधानप्रति असन्तुष्टि जनाउँदै ४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम सुनिश्चित गर्न माग गरेको छ।

संघर्ष समितिका संयोजक भक्तबहादुर बुढा र सह–संयोजक गोबिन्द भण्डारीले आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा संघीय सांसदहरूलाई शिक्षक सेवामा प्रवेश उमेर सीमा ४० वर्ष तोक्नुपर्ने र प्रावि, निमावि तहमा दश जाेड दुईसहितको शैक्षिक योग्यता अनिवार्य गर्नुपर्नेमा ध्यानाकर्षण गराएका छन्।

समितिले नेपाल शिक्षक महासंघमार्फत सरकारसँग विगतमा भइसकेका सम्झौताविपरीत विधेयक अघि बढाइएको भन्दै आपत्ति प्रकट गरेको छ। ध्यानाकर्षण पत्रमा भनिएको छ,‘विगतका सहमतिलाई पन्छाउने र शिक्षक क्षेत्रमा अन्धकार ल्याउने प्रयास सह्य हुने छैन। खुला तथा आरक्षणमा प्रतिस्पर्धा गर्न पाउने संवैधानिक हक कुण्ठित गर्ने अधिकार कसैलाई छैन।’

संघर्ष समितिले संविधानको धारा १७, ३३ र ३४ मा उल्लिखित मौलिक अधिकारलाई कुण्ठित नगरी युवालाई अवसर दिन सरकार र सा‌ंसदलाई आग्रह गरेको छ।

समितिले आफ्नो माग सम्बोधन नभए थप दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएको छ। ‘सहकार्य, सहमति र संवादमार्फत समाधान खोज्न हामी तयार छौं तर माग सम्बोधन नभए त्यसबाट हुने क्षतिको जिम्मेवारी राज्यले लिनुपर्नेछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।

माग गरिएको संशोधन

दफा ५० अनुसार शिक्षक सेवा प्रवेशको उमेरहद सबैका लागि ४० वर्ष कायम गर्नुपर्ने।

MPhil र PhD तह हासिल गरेका शिक्षक उम्मेदवारलाई उमेरहद नलाग्ने व्यवस्था गर्नुपर्ने।

तहगत शैक्षिक योग्यताक्रम तोक्नुपर्ने:

कक्षा १–५ : +२

कक्षा ६–८ : स्नातक

कक्षा ९–१० : स्नातक

कक्षा ९–१२ : स्नातकोत्तर

शिक्षा ऐन २०२८ बमोजिम अध्यापन अनुमतिपत्र प्राप्त गरेका तथा हाल परीक्षा उत्तीर्ण गरेका शिक्षकलाई सेवा प्रवेशमा रोक नलगाउनुपर्ने।

प्रकाशित: १ भदौ २०८२ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast