नेप्से परिसूचक २७ अंकले घट्यो

हिमाल प्रेस १ भदौ २०८२ १६:०३
14
SHARES
नेप्से परिसूचक २७ अंकले घट्यो

काठमाडौँ– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दमशलव १४ अंकले घटेको छ। शून्य दशमलव ९७ प्रतिशतको गिरावट पछि आज नेप्से परिसूचक दुई हजार ७६१ दशमलव २२ को बिन्दुमा कायम भएको हो।

आज ३१७ कम्पनीको दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता शेयर ८६ हजार ६६९ पटक खरिद बिक्री हुँदा सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ मूल्य बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आज सबै समूहको उपसूचक घटेको छ। बैंकिङ एक दशमलव शून्य तीन, विकास बैंक शून्य दशमलव ५१, वित्त शून्य दशमलव ९३, होटल तथा पर्यटन शून्य दशमलव २१, जलविद्युत् शून्य दशमलव ७७, लगानी शून्य दशमलव ८३ र जीवन बिमा शून्य दशमलव ७१ प्रतिशतले घटेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह एक, लघुवित्त एक दशमलव ३१, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ६८, व्यापार एक दशमलव ६४ र अन्य समूह एक दशमलव ३४ प्रतिशतले घटेको छ।

आरबीबी म्युचुअल फण्ड–१ को शेयर मूल्य सबैभन्दा बढी सात दशमलव ९३ प्रतिशतले बढेको छ। सबैभन्दा बढी सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव शून्य छ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ५१ करोड ६७ लाख दुई हजार २०१ मूल्य बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी आरबीबी म्युचुअल फण्ड–१ को १३ लाख ५८ हजार छ कित्ता किनबेच भएको छ।

प्रकाशित: १ भदौ २०८२ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast