फिल्म ‘३६ को आँकडा’ बन्दै,  मुख्य भूमिकामा अभिनेत्री रेखा र पूजा

हिमाल प्रेस १ भदौ २०८२ ११:४६ | Sunday, August 17, 2025
फिल्म ‘३६ को आँकडा’ बन्दै,  मुख्य भूमिकामा अभिनेत्री रेखा र पूजा

काठमाडौँ- ‘३६ को आँकडा’ नामक फिल्म बन्ने भएको छ। फिल्म सबिर श्रेष्ठको निर्देशनमा बन्न लागेको हो। फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेत्री रेखा थापा र पूजा शर्माको चरित्र प्रस्तुत गरिएको छ।

प्रहरीको भेषमा अभिनेत्री रेखाले पूजालाई हतकडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ। यसले फिल्मको कथा कथा दुई महिला पात्रको शक्ति, प्रतिष्पर्धा र वैमनस्यतामा आधारित हुने अनुमान गर्न सकिन्छ।

श्रीकृष्ण जन्माष्टमीमा शनिबार (हिजो) काठमाडौँको पशुपतिनाथ मन्दिरमा फिल्मको शुभ मुहूर्त पनि गरिएको छ। फिल्म यही भदौदेखि छायांकन सुरु गर्ने टिमको तयारी छ। फिल्ममा अभिनेताका रुपमा महेश त्रिपाठी र पुष्प खड्का जोडिएका छन्। अन्य कलाकारको नाम सार्वजनिक गरिएको छैन।

प्रकाशित: १ भदौ २०८२ ११:४६ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast