नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

हिमाल प्रेस ३० साउन २०८२ २१:१४ | Friday, August 15, 2025
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयताको जिम्मेवारी दिएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार बसेको समाजवादीको सचिवालय बैठकले नेता गौतमलाई अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछिको वरीयता तोकेको हो।

राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित भएका नेताहरूलाई जिम्मेवारी दिने निर्णय भएको पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। गौतमलाई विभाग संयोजन गर्ने जिम्मेवारी दिइएको उनले बताए।

त्यस्तै सचिवालय बैठकले रामकुमारी झाँक्रीले आत्मालोचना प्रस्ताव पेस गरेकाले र आगामी दिनमा गल्ती कमजोरी नगर्ने प्रतिबद्धता जनाएकाले यस विषयमा थप छलफल गरेर अघि बढ्ने निर्णय पनि गरेको ज्वालाले जानकारी दिए।

त्यस्तै माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपा र समाजवादी मोर्चाबीचको सम्बन्धलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। रुपन्देही–३ मा हुने उपनिर्वाचनका सन्दर्भमा प्रदेश अध्यक्षलाई सुझाव दिन निर्देशन गरेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए।

बैठकले पार्टी निर्माणको आगामी कार्ययोजनालाई समेत बैठकले पारित गरेको छ। भदौ २५ गते बस्ने स्थायी कमिटी र भदौ २६ गते बस्ने पोलिट्व्युरोका साथै भदौ २७ र २८ गते बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकमा पार्टीका विभिन्न एजेण्डामा विस्तृतरूपमा छलफल हुने ज्वालाले बताए। त्यस्तै सचिवालय बैठकले जनसरोकारका विषयमा समसामयिक प्रस्ताव पारित गरेको समाजवादीले जनाएको छ।

प्रकाशित: ३० साउन २०८२ २१:१४ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast