कांग्रेसले खारेज गर्‍यो देवेन्द्र यादवको पार्टी सदस्यता

हिमाल प्रेस ३० साउन २०८२ १७:४४ | Friday, August 15, 2025
कांग्रेसले खारेज गर्‍यो देवेन्द्र यादवको पार्टी सदस्यता कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले देवेन्द्र यादवको पार्टी सदस्यता खारेज गरेको छ। फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने जानकारी प्राप्त भएपछि यादवको सदस्यता खारेज गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बिहीबार बिहान ९ः४५ मा सभापति देउवाले यादवलाई सदस्यता प्रदान गरेका थिए। यादव सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याको अभियुक्त रहेको खुलेपछि सदस्यता खारेज गरिएको अर्का एक नेताले बताए। यादव लामो समयदेखि प्रहरीको फरार सूचीमा छन्। उनको मुद्दा भने महोत्तरी जिल्ला अदालतमा मुल्तबीमा छ।

‘बुझिँदै गर्दा निज व्यक्ति उपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० साउन २०८२ १७:४४ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast