आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस ३० साउन २०८२ १२:२८
16
SHARES
आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो।

जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ। बिहीबार सोही सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 

प्रकाशित: ३० साउन २०८२ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast