भरत ताल निर्माणमा भ्रष्टाचार, बागमतीका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिबाना

हिमाल प्रेस ३० साउन २०८२ ६:०२ | Friday, August 15, 2025
भरत ताल निर्माणमा भ्रष्टाचार, बागमतीका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिबाना

काठमाडौँ- विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै ८ वर्ष कैद सजाय र १० करोड रुपैयाँ जरिबाना तोकेको छ।

विशेष अदालतको इजलासले बिहीबार थापा सहित विमलकुमार पोखरेल र सागर पौडेललाई पनि समान सजाय सुनाएको हो।

अदालतले तीनै जनालाई जनही ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिबाना गर्नुका साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (९) को आधारमा जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति रकम पीडित राहत कोषमा बुझाउन आदेश दिएको छ।

यसअघि, २१ साउनमा विशेष अदालतले थापा, पोखरेल र पौडेलले भरत ताल निर्माणका क्रममा नदीजन्य पदार्थमा हानी नोक्सानी पुर्‍याएको ठहर गरेको थियो।

प्रकाशित: ३० साउन २०८२ ६:०२ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast