एशियन थाइ फुड्सले आईपीओ निष्कासन गर्ने

हिमाल प्रेस २९ साउन २०८२ १३:३८
8
SHARES
एशियन थाइ फुड्सले आईपीओ निष्कासन गर्ने

विराटनगर- नुडल्स र स्न्याक्स निर्माता तथा निर्यातकर्ता एशियन थाइ फुड्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडलाई आईपीओ निष्कासन प्रबन्धक नियुक्त गरेको छ।

सम्झौतापत्रमा लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीजका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन्। कार्यक्रममा लिमिटेडलेका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा, निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटीजका नायब महाप्रबन्धक शंकर राजवाहक उपस्थित थिए।

विराटनगर र तौलिहवामा अत्याधुनिक उत्पादन एकाइहरू सञ्चालनमा ल्याएको लिमिटेडले रमपम, टूपीएम र प्रिती जस्ता लोकप्रिय ब्रान्डमार्फत ३० भन्दा बढी देशमा उत्पादन निर्यात गर्दै आएको छ।

लिमिटेडलेका प्रबन्ध निर्देशक महेश जाजुले यो साझेदारीले कम्पनीको विकास यात्रामा नयाँ अध्याय थप्ने बताए। उनले भने, ‘हिमालयन सेक्युरिटीजको पुँजी बजारसम्बन्धी अनुभवले आईपीओ प्रक्रिया सहज बनाउनेछ, जसले नवप्रवर्तन र अन्तर्राष्ट्रिय बजार विस्तारमा थप लगानी गर्न मद्दत पुर्याउनेछ।’

कम्पनीले आईपीओको विस्तृत विवरण, समयरेखा र सेयर बाँडफाँटबारे जानकारी आगामी महिनाहरूमा सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित: २९ साउन २०८२ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast