
काठमाडौँ- एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले विद्यालय शिक्षा विधेयक, २०८० को सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य सुमना श्रेष्ठ शिक्षाको पुरै प्रक्रिया भत्काउनमा उद्धत रहेको टिप्णी गरेका छन्। अध्यक्ष अधिकारीले जिम्मेवार दल र नेतृत्वहरू सुमनाकै पछि लागेको बताए।
उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘सुमना श्रेष्ठ नयाँका नाममा पुरै प्रक्रिया भत्काउनमा उद्धत छिन् तर बिडम्बना जिम्मेवार दल र नेतृत्वहरू सबै पछि लागिरहेका छ्न्, समयमै सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ।’
समितिबाट पास भएको शिक्षा विधेयकप्रति शिक्षक, कर्मचारी, सरोकारवाला कोही पनि खुसी नभएको उनले बताए। ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि विषयगत समितिले पास गरेको विद्यालय शिक्षा ऐनमा न त अस्थायी प्रकृतिका शिक्षक कर्मचारी, न त स्थायी प्रकृतिका शिक्षक कर्मचारीहरू न त अन्य शैक्षिक सरोकारवाला कोही खुसी छैनन किन?,’ उनले प्रश्न गरे।
अधिकारीको भनाइमा सरोकारवालाको चित्त नबुझाइ, थप छलफल र निष्कर्षमा नपुगी जबर्जस्त सांसदले गणितीय हिसाबले पास गरे पनि कार्यान्वयन र प्रतिफल पाउन कठिन हुने हो की? समिति सभापति अम्बरबहादुर थापा जसलाई कुनै जिम्मेवारी बोध छैन, लिन पर्दैन।
शिक्षक, कर्मचारीभन्दा विद्यार्थी, अभिभावक र गुणस्तरीय शिक्षामैत्री ऐनको पक्षमा सभापति थापा र श्रेष्ठ छन्।